FAQs Complain Problems

समाचार

विद्यालय सञ्चालन स्वीकृत/ कक्षा वृद्धि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

१) विद्यालय कक्षा वृद्धिका लागि निवेदन
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा चालु आ. व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६) निरीक्षण प्रतिवेदन

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने