FAQs Complain Problems

समाचार

अत्यन्त जरुरी सूचना

अत्यन्त जरुरी सूचना

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि भित्री सकेको अवस्थामा यसले जनस्वास्थ्यमा पार्ने गम्भीर असरलाई मध्यनजर राखी गत २०७६ चैत्र ६ गते देखि त्रिभुवन विश्‍वविद्यालयमा (त्रि. वि.) मा सञ्‍चालन भइरहेको सम्पूर्ण पठन-पाठन तथा परीक्षाहरु स्थगन गरिएको थियो । यो महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्षलाई आकलन गरी विश्‍वविद्यालयको चैत्रको तेस्रो सातादेखि नै पठन-पाठनको बैकल्पिक विधिबाट कक्षाहरु सञ्‍चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुको e-mail ID तयार गर्दै अनलाइन विधिबाट पठन-पाठन सञ्‍चालन गरी रहेको छ । तर हालसम्म पनि डीन कार्यालय, क्याम्पस, स्कूल र विभागहरु मार्फत विभिन्‍न सञ्‍चार माध्यमबाट सम्बन्धित विद्यार्थी तथा अभिभावकहरुलाई सम्पर्कका लागि प्रयास गर्दा पनि कतिपय विद्यार्थीहरु आफू अध्ययनरत विभाग तथा क्याम्पसहरुको सम्पर्कमा नआएको हुँदा पठन-पाठन तथा स्थगन गरिएको परीक्षा तालिका व्यवस्थापन गर्न समस्या भएकोले स्थानीय तहबाट आवश्यक सूचना प्रवाह गरिदिनु हुन भनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मिति २०७७/०५/२१ गते परिपत्र भई आएको हुँदा त्रिभुवन विश्‍वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु र निजहरुको अभिभावकहरुले यथाशिघ्र आफ्नो क्याम्पस, स्कूल, विभागमा सम्पर्क राख्‍नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: