FAQs Complain Problems

समाचार

मृतकसँगको नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६) वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्ने
६) निवेदकले तोकिएको शुल्क बुझाउने
७) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

//